मोरङ : मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि औषधि खुवाउने तयारी छ ।
औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।
मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
मोरङमा यस अघि ११औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो। ‘सफलता प्राप्त नभएपछि १२ औँ पटक औषधि खुवाउन लागेका छौँ’, प्रमुख मेहताले भने, ‘यो अभियान १४ दिनसम्म सञ्चालन गर्छौँ।’
गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधिसहित तीन प्रकारको औषधि खुवाउने तयारी भइरहेको उनले बताए ।














Discussion about this post