झापा : झापाको मेचीनगर नगरपालिका ११ स्थित हँडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
मेचीनगर ११ सृजना टोलका ४३ वर्षीय लालबहादुर श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको हो ।
खोलामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।


















Discussion about this post