इटहरी : इटहरीमा मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी २ स्थितमा पार्किङ गरी राखेको विक्रम खड्काको प्र १_०२_०४० प ३३१८ नम्बरको सुपर स्पेल्न्डर मोटरसाइकल चोरी भएको थियो ।
चोरी भएको मोटरसाइकलसहित इटहरी १ बस्ने दुर्गेस चौधरी र धनकुटा नगरपालिका १ बस्ने सौगात थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई विराटनगर ११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post