इटहरी : इलाका प्रहरी कार्यालय इटहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्ले ‘इन्ट्री’ले प्रहरीको सक्रियता बढेको छ ।
इटहरीमा खासगरी लागूऔषध प्रयोग, चोरी तथा अन्य सामाजिक अपराध हुने भएकाले त्यसमा आँफूले निगरानी बढाउने उदेश्यले प्रहरीको सक्रियता बढाएको डीएसपी काफ्लेले बताए ।
अहिले दिन तथा रातमा विभिन्न ठाँउमा प्रहरीको चेकिङ्ग कडा गरिएको छ ।
हराएका मोटरसाईकल विभिन्न स्थानहरुमा फेला पर्नुको साथै अबेर रातको समयमा सशंकित गतिविधि देखाएर हिँडडुल गर्ने ब्यक्तिहरू धमाधम प्रहरीले नियन्त्रणमा लिएको काफ्लेले बताए ।
विभिन्न सामाजिक अपराधहरू नियन्त्रण तथा दुव्र्यशनमा नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारीका कार्यक्रमहरूलाई विशेष प्राथमिकताका साथ सञ्चालन भइरहेको प्रहरीको दाबी छ ।
इटहरीको शान्ति सुरक्षा कायम गर्न कुनै पनि कसर बाँकी नराखी इटहरी प्रहरी यहाँका नागरिकहरूसगँ हातेमालो गर्दै काम गर्ने उनले बताए ।
‘विशेषगरी लागूऔषध आँफैमा एउटा अपराध हो र यसले अर्को अपराध बढाउँछ,’ उनले भने, ‘पूरै नियन्त्रण नहोला तर न्यूनीकरणका लागि हाम्रो पहल हुन्छ ।’
यो पनि – यी हुन् इटहरीमा आएका नयाँ डीएसपी, यस्ता छन् सुरक्षा योजना (भिडियोसहित)













Discussion about this post