झापा : दमक नगरपालिका ५ गुम्बा चोकस्थित सोही नगरपालिका २ बस्ने ५० वर्षीय सुरेश मगरको हरियाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश मगरसमेत सात जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका ५ स्थित सुदेश बस्नेतको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा सुदेश बस्नेत समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post