ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडामा एक पुरुष सुतेकै अवस्थामा मृत भेटिएका छन् ।
झापाको शिबसताक्षी नगरपालिका ७ घर भइ ओखलढुंगा बस्दै आएका ३८ वर्षीय युवराज श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।
सोही ठाउँमा एक फर्निचर उद्योगमा काम गर्दै र सोही स्थानमा कोठा भाडामा लिएर बस्दै आएका थिए । आज (बिहीबार) दिउँसो अबेरसम्म कोठामै चुकुल लाएर बसेपछि स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसमेतको रोहबरमा ढोका फोडेर भित्र हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद नरहेको पाइएपनि प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।














Discussion about this post