इटहरी : सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ । दादुरा फैलिएपछि गाउँपालिकाका बालबालिकाहरूलाई दादुराविरुद्धको खोप लगाइने तयारी भएको छ ।
वडा नं. २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएपछि स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए ।
अहिले बर्जुका ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् । गाउँपालिकाको एकै ठाउँमा एकैसाथ धेरैमा दादुरा भेटिएसँगै खोप लगाइने तयारी भएको बताइएको छ ।
दादुराको संक्रमण रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइनेछ ।
बर्जु गाउँपालिकाका अनुसार दुई साताको अवधिमा गाउँपालिकामा २९ जना दादुराका बिरामी भेटिएका छन् ।
प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय तहसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईंले जानकारी दिए ।
उक्त खोप ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउने बताइएको छ ।














Discussion about this post