तरहरा : इटहरी २० तरहरामा रहेको तरहरा मोडेल एकेडेमीले रक्तदान कार्यक्रम, आँखा शिविर र विज्ञान प्रदर्शनी गरेको छ ।
रक्तदान जीवन दान भन्ने सन्देशका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ ।
तरहरा मोडेल एकेडेमीको आयोजना, लायन्स क्लब अफ तरहराको सह–आयोजना र प्रगति युवा समूह, खार्साला युवा क्लव, अमाहा युवा क्लबको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक घनश्याम रिमालका अनुासर आँखा शिविरको पनि आयोजना गरिएको छ । शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीयहरूले आँखा जाँच गरेको सह–प्रधानाध्यापक अनिल दाहालले बताए ।
यस्तै, विद्यार्थीको विज्ञान प्रतिको रुचिलाई प्रस्फुटन गर्ने मुख्य उदेश्यले शिक्षक आदर्श खतिवडाको संयोजनमा विज्ञान प्रदर्शनी समेत गरिएको छ ।
विद्यालय प्राङ्गणमा भएको र प्रदर्शनीमा अभिभावक, विद्यार्थी साथै तरहराका स्थानीयहरूले अवलोकन गरेका थिए ।

विद्यालयका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार विद्यालयमा शैक्षिक अध्ययन बाहेक अन्य गतिविधिमा पनि सक्रिय रहनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।














Discussion about this post