Friday, June 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

साप्ताहिक हाटबजारमा इटहरीका नगर प्रहरीको ज्यादती

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १५, २०७९
in टाकुरा विशेष, समाचार
0
साप्ताहिक हाटबजारमा इटहरीका नगर प्रहरीको ज्यादती
214
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरका नगर प्रहरीले हाटबजारमा ज्यादती गरेको पाइएको छ । इटहरीका विभिन्न हाटबजारमा नगर प्रहरीहरूले व्यापारीमाथि अभद्र व्यवहार गर्दै ज्यादती गरेको पाइएको हो ।

सोमबार इटहरी २० तरहरास्थित बिहीबारे हटियामा नगर प्रहरीहरूले व्यापारीहरूले टाँगेको पाल फाल्दै ज्यादती गरेका हुन् ।

बजारमा पाल नटाङ्न अनुरोध गरेपनि व्यापारीहरूले अटेर गरेको भन्दै नगर प्रहरीहरूले आफैँ पालको डोरी काट्ने, जथाभावी रूपमा हप्कीदप्की गर्ने गरेका छन् ।

सो कारण आँफूहरू आजित भएको व्यापारीहरू बताउँछन् । ‘पाल नटाँगिकन दिनभर व्यापार गर्नका लागि घामले गर्दा समस्या हुन्छ,’ एक व्यापारीले भनिन्, ‘नगरपालिकाले गरिखान पनि दिएन ।’

सडक छेउमा हाटबजार लाग्दा समस्या हुनेभए उपमहानगरपालिकाले विकल्प दिनुपर्ने व्यापारीहरू बताउँछन् ।

‘बट्टी तिर्नुपर्छ, बट्टी तिरेपछि व्यापारीको हक, अधिकार हुनुपर्ने हो,’ हटियामा भेटिएका एक व्यापारीले भने, ‘नगरपालिकाले गरेको निर्णय केही हदसम्म ठिक होला, तर ज्यादति नै गर्नुभएन ।’ आँफूहरूले बट्टी तिरेपछि अधिकार पाउनुपर्ने अन्यथा उपमहानगरले हटिया व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सडक छेउमा हटिया लगाउँदा समस्या हुन्छ भने उपमहानगरपालिकाले समाधान पनि गर्नुपर्छ ।’ व्यापार गर्नका लागि आँफूहरू डर, त्रासमा बाँच्नुपरेको व्यापारीहरूको भनाइ छ ।

नगर प्रहरीले हटियामा ‘क्रस’ गरेर पाल नटाँग्न र सिदा टाँग्न अनुरोध गरेको प्रतिक्रिया दिएका छन् ।

यता, बजार व्यवस्थापन समिति तरहराका अध्यक्ष रामबहादुर गिरीले भने बजार व्यवस्थापनका लागि यसअघि तरहराको जडिबुटी छेउमा पहल गरेपनि प्रदेश सरकारले अस्वीकार गरेको बताए ।

‘नगरपालिकाले गरेको निर्णय हामीले मान्नुपर्छ, तर विकल्प खोज्नुपर्छ,’ उनले भने, ‘बजार व्यवस्थापन समितिले छेउ कुनामा बजार लगाउनु भनेर अनुरोध गरेको थियो, तर धेरै व्यापारी भएका कारण समस्या भयो ।’

बजार हुँदै चोकतिर आउने सडकमा दमकल, एम्बुलेन्स र प्रहरीको गाडी आवतजावत गर्न समस्या हुने गरेको उनले बताए । ‘पाल तेर्सो टाँग्दा गाडी छिर्दैनन्, मनखुशी हटिया लाग्छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘५० वर्षदेखि लाग्दै आएको बजार एकैपटक व्यवस्थापन गर्न कठिन हुन्छ ।’

उनका अनुसार तरहरामा विं सं. २०२९ सालदेखि बजार लाग्दै आएको छ । सुरुआती दिनमा बास्केटबल कोर्टमा हटिया लाग्थ्यो । तर, पछिल्लो समय जनघनत्व बढेसँगै व्यापारीहरूको पनि चाप बढेका कारण सडक छेउमै हटिया लाग्दै आएको दुई दशक बित्यो । स्थानीय सरकारले हटिया व्यवस्थापन गर्न नसक्दा व्यापारीहरूले समस्या खेप्दै आएका छन् ।

उता, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले स्थानीय सरकारले उवासंघलाई पनि राखेर छलफल गर्नुपर्ने बताए ।

‘उपमहानरले पेटी खाली गर्ने अभियान सुरु गरेको छ, तर हटियामै गएर व्यवसायीमाथि एक्सनमा उत्रिनु ठिक होइन,’ पराजुलीले भने, ‘कुनै काम गर्नुपूर्व छलफलमार्फत जाँदा पनि हुन्छ, समस्याको समाधान छलफलमार्फत नै हुने हो, एक्सनमा जाँदा समस्या हुन्छ ।’
उनले व्यापारीको समस्या उवासंघको टेबलबाटै समाधान गर्नुपर्नेमा जोड दिए ।

‘व्यापारीहरूले मापदण्ड विपरीत व्यवसाय गर्नुहुँदैन, तर उपमहानगरले पनि विकल्प र व्यवस्थापनका लागि पहल गर्नुपर्छ,’ उनले भने, ‘नगर प्रहरीले स्थलगत गएर व्यापारीलाई डर, त्रास देखाउनु राम्रो होइन ।’ यसै सन्दर्भमा उनले आँफूहरू स्थानीय सरकारको विरोधी नभएको बताए ।

यता, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार हटियामा पाल टाँग्दा समस्या हुँदै आएको छ । पाल नटाँग्दा व्यापारीलाई समस्या हुने र पाल टाँगे सडकमा आवतजावत गर्ने गाडीलाई समस्या हुने गरेको उनले बताए ।

‘यहाँ समस्या दुवै क्षेत्रका मानिसलाई छ, व्यापारी र गाडीमा हिड्नेहरूलाई समस्या छ,’ श्रेष्ठले भने, ‘हामीले यसअघि जडिबुटी नजिकै हटिया व्यवस्थापन गर्ने तयारी गरेका थियौँ, त्यो अधुरो रह्यो ।’ हटिया व्यवस्थापनका लागि व्यापारीहरूसँग छलफल गर्ने उनले प्रतिक्रिया दिए ।

भिडिओ

Tags: #इटहरी उपमहानगरपालिकाटाकुरा विशेषनगर प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा २०.१७ ग्राम...

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य
समाचार

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

धनकुटा : भारतीय नम्बरको कारमा नेपाली नम्बर प्लेट जडान गरी सञ्चालन गरिएको सवारी धनकुटाको भेडेटारमा प्रहरीले फेला पारेपछि जाली नम्बर...

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

असार ४, २०८३
विराटनगर आगलागीका पीडित परिवारलाई महानगरले राहत उपलब्ध गराउने

विराटनगरमा घर निर्माणमा कडाइ, नाला जाम र सडक क्षति रोक्न सात बुँदे मापदण्ड अनिवार्य

असार ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

असार ४, २०८३
नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

असार ४, २०८३

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1506 shares
    Share 602 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    906 shares
    Share 362 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    393 shares
    Share 157 Tweet 98
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.