झापा : झापाको कन्काई नगरपालिका ८ लक्ष्मिपुर चौकमा कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गएराति १२ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post