Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

हङकङ–तरहरा मञ्चको अध्यक्षमा कालसिंह राई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २०, २०७९
in विविध, समाचार
0
हङकङ–तरहरा मञ्चको अध्यक्षमा कालसिंह राई
87
SHARES
Share on FacebookShare on Twitter

तरहरा : हङकङ–तरहरा मञ्च, साबिकको हङकङ तरहरा हाँसपोसा मञ्चका अध्यक्ष कालसिंह राईलाई दोहोर्याउँदै मञ्चले नयाँ कार्यसमिति गठन गरेको छ ।

हङकङमा बसेर मातृभूमिका लागि सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको मञ्चले आपतकालिन र दैवीप्रकोप लगयातका बेला समेत ठूलो रकममा नेपालका लागि, विशेषगरी, इटहरी (त्यसमा पनि तरहरा क्षेत्र)का लागि सहयोग गर्दै आएको छ ।

पछिल्लो कालमा विभिन्न चरण र कार्यक्रममा गरेर दश लाख बढी आर्थिक सहयोग गरिसकेको मञ्चले भविष्य कार्ययोजना अनुसार थप सहयोग गर्ने बताएको छ ।

यसअघिका सचिव किरण तामाङ (भक्त) उपाध्यक्ष हुदै गर्दा सचिवमा रामप्रसाद राई, सह–सचिवमा अस्मित राई, कोषाध्यक्षमा मिरा कार्की र सह–कोषाध्यक्षमा सञ्जीव राई सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा हेमन्त राई, मकर राई, युवराज मगर, जानुका वन, दुर्गा राई, विजय राज पूरी, चन्द्र लिम्बू, सुजिन गुरुङ र अमृता लिम्बू चयन भएका छन् ।

निर्वाचित भएपछि अध्यक्ष राईले विदेशमा तरहराका परिवारलाई एकीकृत बनाउन र आपसी प्रेम, सद्भाव र सहयोग कायम गर्न मञ्चले काम गर्ने बताए । उनले यहीँ मञ्चले तरहरालाई प्रगतिशील फड्को मार्नका लागि आर्थिकदेखि आवश्यक सबै उचित सहयोग गर्ने पनि प्रतिबद्धता गरे ।

कार्यक्रमका अतिथि समेत रहेका हङकङ धरान मञ्चका पूर्वाध्यक्ष विष्णु पाख्रिने निर्वाचन समितिका संयोजक थिए भने सुनुवार समाजका पूर्वअध्यक्ष गौरव सुनवार र तरहरा निवासी युवा व्यवसायी बालकुमार गुरुङ सदस्य रहेका थिए ।

प्रमुख आतिथ्य ग्रहण गरेका धरान हङकङ मञ्चका अध्यक्ष रुकमाण लिम्बूले एकै ठाउँका समाज गठन हुनुले भावनात्मक प्रेम, सद्भाव र आदरसम्मान बढ्नेदेखि एकआपसमा सहयोग आदानप्रदान समेत हुने जिकिर गरे ।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि रहेका कांग्रेस सुनसरी क्षेत्र नं. २ का क्षेत्रीय सभापति एवम् लिवरल सोसाइटीका अध्यक्ष सुबेक्छु देवान राईले हङकङ तरहरा मञ्चले आफ्नो गाउँ तरहरामा गरेको योगदान उल्लेखनीय भएको प्रशंसा गर्दै समाजले मञ्चको उच्च मूल्याकन गरेको बताए ।

कार्यक्रममा नुमाफुङ चलचित्रका नायक रमेश सिंगक, हङकङ मञ्चका पूर्वअध्यक्ष नानीचन्द्र लिम्बु, अग्रज फोटोग्राफर मात्रदिप राई र जेष्ठ नागरिक एवम् मञ्काच अभिभावक ज्ञानुकुमारी गुरूङ लगयातका सामाजिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

Tags: #तरहराकालसिंह राईहङकङ–तरहरा मञ्च
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा
पर्यावरण

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

विराटनगर : विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई...

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक
विविध

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

by रासस
जेष्ठ २२, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ...

इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.