ओखलढुंगा :ओखलढुंगामा एक वृद्ध दम्पती रूखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
मोलुङ गाउँपालिका– २ लामीडाँडा का ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका दाहाल घर नजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
घरबाट करिब दुई सय मिटर पूर्वमा फणिन्द्रबहादुर सार्कीको बारीमा खनिउको रूखमा श्रीमान् र करिब ४० मिटर पर सिरिसको रूखमा श्रीमती झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेको र दाहालदम्पतीका छोराछोरी काठमाडौंमा रहेकाले परिवारका सदस्य आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।













Discussion about this post