रामधुनी : सुनसरीको रामधुनी नगरपालिका १ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार रामधुनी ५ बस्ने ५९ वर्षीय भक्तबहादुर कार्कीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री रहेका कार्कीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट बेहोस अवस्थामा रहेको र उपचार्थ विराट टिचिङ अस्पताल विराटनगर लगिएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सफारी चालक टहरी ५ बस्ने ३५ वर्षीय सुरेश चौधरी र सफारी इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
सफारी चालकको चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post