इटहरी : सुनसरीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको कोसी गाउँपालिका ७ यादव टोल स्थितमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा ४० वर्षीय निरञ्जन यादव रहेका छन् ।
आइतबार (आज) दिउँसो साढे १२ बजे आफ्नै मकै बारीमा मोटरबाट पानी लगाउने क्रममा मोटरबाट करेन्ट लागेर यादवको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धा भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।












Discussion about this post