Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दिवंगत तेह्र बालबालिकाको स्मरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३०, २०७९
in समाचार
0
दिवंगत तेह्र बालबालिकाको स्मरण
169
SHARES
Share on FacebookShare on Twitter

रामधुनी : रामधुनी नगरपालिका ६ मा रहेको श्री तेह्र बालबालिका स्मृति आधारभूत विद्यालयले आफ्नो स्थापनाको १५ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सोमबार एक कार्यक्रमबीच विद्यालयले अभिभावक दिवससँगै पुरस्कार वितरण पनि गरेको छ । कार्यक्रममा आमन्त्रितहरूले दिवंगत तेह्र बालबालिकाको स्मरण गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक सुनील तिम्सिनाका अनुसार कक्षा ८ सम्म निःशुल्क रूपमा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको छ ।

उनका अनुसार २०६३ बैशाख २६ गते विद्यार्थी लिएर झुम्कातर्फ जाँदै गरेको टेम्पो दुर्घटना हुँदा १३ बालबालिकाको निधन भएको थियो ।

उनै बालबालिकाको स्मरणमा स्थापना भएको विद्यालयले हाल विभिन्न क्षेत्रबाट पढ्न आउने बालबालिकालाई निःशुल्क रूपमा पढाउँदै आएको छ ।

‘हामी शिक्षक र कर्मचारी गरेर १९ जना छौँ,’ तिम्सिनाले भने, ‘जसमध्ये सातजनालाई सरकारी स्तरबाट तलव प्रदान गरिदैँ आएको छ भने बाँकी १२ जनालाई निजी स्तरबाट तलव दिदैँ आएका छौँ ।’ उनका अनुसार हरेक महिना तलवका लागि दुई लाख १९ हजार रुपैयाँ स्रोत जुटाउनुपर्ने बाध्यता रहेको छ ।

रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूले आँफूभित्र भएको क्षमता प्रस्तुत गरेका थिए ।

नृत्य, फेसन शो, गायन तथा विभिन्न सृजनशील कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा भादगाउँ विद्यालयका प्रधानाध्यापक दशरथ दास, आदर्श माविका प्रधानाध्यापक रवीन्द्र पौडेल लगायतले बोलेका थिए । तेह्र बालबालिका भन्ने बित्तिकै विगतको झझल्को आउने उनीहरूको भनाइ थियो ।

नगरले सुविधा उपलब्ध गराए सरकारी विद्यालयमै निजीको भन्दा गुणस्तरीय शिक्षा पाइने उनीहरूको भनाइ छ ।

‘कुनै पनि निजी विद्यालय हाम्रो हुँदैन, तर सबै सामुदायिक विद्यालय हाम्रा हुन्,’ आदर्श माविका प्रधानाध्यापक पौडेलले भने, ‘राज्यको लगानी खेर जान नदिनका लागि हामी सधैँ विद्यार्थीको शिक्षामा कमी हुन नदिन खटिरहेका छौँ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बहादुर रायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags: तेह्र बालबालिका स्मृति आधारभूत विद्यालयशिक्षासुनिल तिम्सिना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको दिन के कस्तो रहला ? आजको राशिफल

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.