सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित सप्तकोसी बहुमुखी क्याम्पसमा अध्ययनरत मार्शल तामाङ आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको उम्मेदवार छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीच तालमेल भएको छ । यसै सन्दर्भमा तामाङसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :–
१. स्ववियु निर्वाचन नजिकिदै छ, तयारी कस्तो छ ?
हामी नेपाल विद्यार्थी संघको नेतृत्वमा अखिल क्रान्तिकारी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीच तालमेल भएर स्ववियु निर्वाचनमा होमिएका छौँ । विद्यार्थीहरूसँग हाम्रो एजेन्डा प्रस्तुत गर्ने, उनीहरूका समस्या सुन्ने कार्यमा लागेका छौँ । स्ववियु निर्वाचन नजिकिएसँगै हामी विद्यार्थीको मन जित्ने र निर्वाचन जित्ने कार्यमा सक्रिय भएर लागेका छौ ।
२. विद्यार्थीहरूमाझ जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
नेपाल विद्यार्थी संघ नेतृत्वको हाम्रो गठबन्धनप्रति विद्यार्थीको आकर्षण बढ्दो छ ।
विद्यार्थीहरू हामीलाई जिताउन सक्रिय भएर लागिरहेका छौँ । हाम्रो नेतृत्वको गठबन्धन विद्यार्थीहरूको हक, हित र अधिकारको पक्षमा लागि पर्दै आएकाले विद्यार्थीहरू हाम्रो प्यानललाई जिताउन लागि पर्नु भएको छ । हामी जित नजिक छौँ ।
३. स्ववियुले तपाईंको नेतृत्व पायो भने थप के काम हुन्छ ?
हामी विद्यार्थीको हक, हित र अधिकारको पक्षमा नै काम गर्नेछौँ । विद्यार्थीहरूको सेवा, सुविधा नै मेरो पहिलो प्रथामिकता रहनेछ । क्याम्पसको भौतिक संरचना विकासको बिषयमा समेत म काम गर्नेछु ।
विद्यार्थीलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सक्रिय बनाउन, क्याम्पसमा पुस्तकालय, खेलकुद लगायतका क्रियाकलापका लागि मेरो नेतृत्वको स्ववियु समितिले काम गर्नेछ ।
४. तपाईंका चुनावी एजेन्डा संक्षिप्तमा ?
क्याम्पसको भौतिक र शैक्षिक सुधार नै हाम्रो पहिलो एजेन्डा हो । क्याम्पसमा थप गाडी व्यवस्थापन, ई–लाईब्रेरी, कम्युटर ल्याब, स्नातकोत्तर कार्यक्रम सञ्चालनका लागि पहल, एक विद्यार्थी एक ल्यापटप, व्यवस्थित खेलमैदान, पार्किङ्ग व्यवस्थापन, वीपी छात्रवृत्ति कार्यक्रम, शैक्षिक भम्रण, नियमित खेलकुद सप्ताह लगायतका योजना छन् ।
५. तपाईंलाई नै किन भोट हाल्ने ? विद्यार्थीले विश्वास गर्ने आधार ?
हामी जे बोल्छे, त्यही गर्छौँ । विद्यार्थीहरूको विश्वास नै हाम्रो जित्ने आधार हो । विद्यार्थीहरूलाई अनावश्यक आश्वासन दिएर मात्रै हामी चुनाव जित्ने पक्षमा छैनौँ । सामान्य भन्दा सामान्य विद्यार्थीहरूको शैक्षिक मुद्वालाई हल गर्न नेपाल विद्यार्थी संघ नेतृत्वको तालमेलले निर्विकल्प भएकाले हाम्रो टिमप्रति विद्यार्थीहरूको आकर्षण पनि हाम्रो जित्ने आधार हो ।
६. अन्त्यमा केही?
अन्त्यमा सप्तकोसी बहुमुखी क्याम्पसमा अध्ययरत विद्यार्थीहरूलाई कसैको डर, धम्की र लोभको पछि नलागी नेपाल विद्यार्थी संघ नेतृत्वको गठबन्धनका उमेदवारहरूलाई मतदान गर्न अनुरोध गर्दछु ।
विद्यार्थीको साथ नेपाल विद्यार्थी संघ नेतृत्वको गठबन्धन नै भएकाले सबैले मतदान गर्न हार्दिक अनरोध गर्दछु ।














Discussion about this post