इटहरी : शनिबार (आज चैत ४) देखि १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप हुँदैछ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत ११ गतेसम्म हुने प्रतियोगिता इटहरी रंगशालामा हुनेछ । प्रतियोगितामा आठ टिम सहभागी छन् ।
क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार मछिन्द्र क्लब काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, चर्च ब्वाइज क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, रोलिङ्ग क्लब झापा, सगरमाथा युथ क्लब मोरङ, कन्चनजङ्गा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगितामा सहभागी जनाउँनेछन् ।
प्रतोयोगिता संयोजक अनुरोध थापाका अनुसार प्रतियोगिताको पहिलो खेल एभिनियर क्लब क्यामरुन र सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुनेछ । सगरमाथा युथ क्लब साबिक विजेता क्लब हो ।
विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाखसहित मेडल र ट्रफी हात पार्ने आयोजकले जनाएको छ । यस्तै, हरेक दिनको म्यान अफ द म्याचले नगद १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।
विभिन्न विधामा उत्कृष्ट हुनेले २० हजार र सहभागी प्रत्येक टिमलाई प्रतिम्याच २० हजार तयारी खर्चसमेत उपलब्ध गराइने बताइएको छ । प्रत्येक खेलाडीलाई दैनिक १ हजार ५ सयको दरले भत्ता उपलब्ध गराइने आयोजकले जनाएको छ ।
शनिबार दिउँसो ३ बजेबाट सुरु हुने प्रतियोगिताको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले खेलको उद्घाटन गर्नेछन् ।














Discussion about this post