धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्व आन्दोलन गर्ने वडाध्यक्षसहित कार्यपालिका सदस्यहरूले चेतावनी दिएका छन् ।
मेयर साम्पाङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वडाअध्ययक्ष र कार्यपालिका सदस्यहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन्।
वडा सदस्यहरूबीच सहमति नै नगरी एकलौटी निर्णय गरेको, बजेट र योजनामा बहुमत सदस्यहरूको माग सम्बोधन नगरेको, निजी सचिवालयको कर्मचारीको पदीय जिम्मेवारी र क्षेत्राधिकार मिचेर अधिकार दिएको, सेवाग्राहीहरूको अपमान गरेको भन्दै बहुमत वडासदस्यहरूले मेयर साम्पाङको कार्यशैलीप्रति आलोचना गरेका हुन्।
बहुमत वडाध्यक्षहरूलगायत धरान कार्यपालिका सदस्यहरूले संयुक्त हस्ताक्षरसहित प्रेस विज्ञप्ति जारी गर्दै मेयरले २४ घण्टाभित्र क्षमायाचना नगरे आफूहरू चरणबद्ध रूपमा आन्दोलनमा जाने चेतावनी दिएका छन्।















Discussion about this post