पाचँथर : फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा सहसंयोजकको रुपमा कार्यरत प्रवेशकुमार श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।
धनकुटाको चौबिसे गाँउपालिका बुधबारे बजारमा घर भएका श्रेष्ठ केही वर्षदेखि फिदिम नगपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए ।
बिहिबार अबेरसम्म कार्यालयमा हाजिर नभएपछि खोजी गर्दा श्रेष्ठ आफ्नै कोठाको ओछ्यानमा मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार उनको कोठा भित्रबाट बन्द गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी फिदिम नगरपालिका ४ स्थित गीता गुरुङको घरमा कोठा लिएर श्रेष्ठ बस्दै आएका थिए ।














Discussion about this post