इटहरी : माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।
एसईई परीक्षाका लागि देशभर २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।














Discussion about this post