पाचँथर : शुक्रवार राती फिदिमको मेचीमार्ग अन्तर्गत कान्छी दोकानमा कार दुर्घटना हुँदा झापा नगरपालिका–१ कि १८ वर्षीया रश्मि भुजेलको मृत्यु भएको छ ।
ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना भएको हो ।
स्वयम चालक रहेका मृतकका बुबा ४५ वर्षीय राजु भुजेल गम्भीर घाइते भएका छन् ।
राजुकी श्रीमती ३९ वर्षीया लीला भुजेल र ४० वर्षीया दिदी सिता भुजेल गम्भीर घाइते रहेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताएका छन् ।
तिनैजना बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका राजुका १३ वर्षका छोरा राजमोहन भुजेल सकुशल भएको जनाइएको छ ।
एकै परिवार सवार कार दुर्घटना भएको डेड घण्टापछि स्थानीयले सूचना दिएपछि घाइतेको उद्धार गर्न प्रहरी पुगेको थियो । उद्धारपछि फिदिमको जिल्ला अस्पतालमा घाइतेहरूको उपचार गर्न पुर्याइएको थियो ।
उपचारकै क्रममा रश्मिको राती नै मृत्यु भएको छ । कार सडकदेखि २०० मिटर तल झरेको र दुर्घटनाको कारणका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post