झापा : झापाको दमक २ स्थित डाकिनिमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
कल्भर्टमा मोटरसाइकल अनियन्त्रित भइ पैनीमा खस्दा मोटरसाइकलमा सवार पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्र १–०१–०–१२ प ४०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खोलामा खस्दा दमक ३ गोलाटार बस्ने ३९ वर्षीय दीपेन्द्र कुमार नेपालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post