इटहरी : इटहरीस्थित बेदान्त हस्पिटलमा वरिष्ठ महिला रोग विशेषज्ञ डा. सबिना लामिछानेले सेवा सुरु गरेकी छन् ।
लामिछानेको सेवासँगै अब बेदान्तमा पाठेघरको अप्रेसनको सेवासमेत सुरु भएको हस्पिटलका प्रबन्धक निर्देशक इन्द्र श्रेष्ठले बताए ।
गर्भवती, महिला तथा प्रसुति सम्बन्धि सबै समस्याहरूको उपचार गरिने उनले बताए ।
२४ सै घन्टा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नसा रोग विशेषज्ञबाट सिआरएम मेसिनको प्रबिधिबाट भाँच्चिएको हड्डीलाई सिधा गरी के वार वा प्लेटिङ्ग गरि अप्रेसन गरिन्छ ।
यस्तै, हस्पिटलले प्रत्येक दिन विभिन्न रोगको विशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गर्दै आएको बताइएको छ ।














Discussion about this post