इटहरी : गुरुङ साहित्यिक मञ्च नेपालको छैटौं स्थापना दिवसको अवसरमा इटहरीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आगामी मंगलबार (चैत २१) नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना हुने भएको हो ।
कार्यक्रमको प्रथम सेसन भाषा संरक्षणमा हाम्रो दायित्व र चुनौती शीर्षकमा केशरमान गुरुङ (नेपाल) चन्द्र गुरुङ (सिक्किम, भारत) र सुरज गुरुङ (सिलगडी, नेपाल) वक्ताका रुरूपमा रहेका छन् ।
यस्तै, दोस्रो सेसन साहित्यमा गुरुङ स्रष्टाको उपस्थितिमा चन्द्र गुरुङ (नेपाल) जय गुरुङ (भारत) शीतल कादम्बिनी (काठमाडौं, नेपाल) वक्ताका रूपमा रहेका छन् भने सम्राट गुरुङले सहजीकरण गर्नेछन् ।
त्यसैगरी मूल समारोह कार्यक्रममा संस्था चिनारी वृतचित्र प्रदर्शन, विमल स्मृति पुस्तकालयका अध्यक्ष तथा संरक्षक पूर्णबहादुर गुरुङलाई सम्मान, आजीवन सदस्यता तथा धन्यवाद ज्ञापन, प्रमाणपत्र वितरण गरिनेछ ।
यस्तै, २८ जना स्रष्टाहरूसहितको समावेशी रचना वाचन कार्यक्रमका साथै पुस्तक बिक्री कक्ष पनि राखिने मञ्चका अध्यक्ष गौरी तमूले जानकारी दिइन् । उनका अनुसार बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।














Discussion about this post