झापा : झापामा हावाहुरीसहित आएको असिनापानीका कारण एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हावाहुरी चल्दा रुखको हाँगा भाँचिएर लाग्दा घाइते भएकी दमककी ४० बर्षीया सिलाई धिमालको उपचारको क्रममा मृत्यु भएको छ ।
दमक वडा नं. ४ तारावारीको अर्नाखाडीमा भन्ने ठाँउकी स्थानीय धिमाललाई रुखको हाँगाले लागेपछि गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post