इटहरी : नेपाल शिक्षक संघ इटहरीको अध्यक्षमा बासुदेव कर्ण निर्वाचित भएका छन् ।
आज (सोमबार) भएको निर्वाचनमा कर्णले १ सय ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिष्पर्धी लोकराज बस्नेतले ९२ मत प्राप्त गरे ।
यसअघि उपाध्यक्षमा विष्णु दाहाल, महिला उपाध्यक्ष लक्ष्मी चौधरी, सचिव भीम भट्टराई, अर्थ सचिव दीपेन्द्र राय सर्बसम्मत चयन भएका छ्न्।
यस्तै, अर्थ सहसचिवमा गुरु प्रसाद काफ्ले, समावेशी सह–सचिवमा दिलीप कुमार मुखिया र मिलन चौधरी चयन भएका छ्न् । अध्यक्षमा भने सहमति नभएपछि निर्वाचन भएको थियो ।













Discussion about this post