Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘पर्फेक्ट एकेडेमीमा पढाइ मात्र होइन विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिन्छौँ’ : अन्तर्वार्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०७९
in अन्तर्वार्ता, समाचार
0
‘पर्फेक्ट एकेडेमीमा पढाइ मात्र होइन विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिन्छौँ’ : अन्तर्वार्ता
135
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वि.सं. २०७१ सालमा स्थापना भएको पर्फेक्ट एकेडेमीमा हाल प्ले ग्रुपदेखि कक्षा ८ सम्म अध्यापन हुँदै आएको छ ।

इटहरी ९ प्रगति मार्गमा रहेको एकेडेमीमा हाल २५० विद्यार्थीहरू अध्ययनरत छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकाससँगै क्षमता अभिवृद्विका लागि विद्यार्थीले के कस्ता क्रियाकलाप गरिरहेको छ, आगामी योजना के छन् भन्ने सन्दर्भमा रहेर विद्यालयका प्रधानाध्यापक रामकुमार गिरीसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :–

१. विद्यालयको परिचय संक्षिप्तमा दिनु न ?

पर्फेक्ट एकेडेमी २०७१ सालमा स्थापना भइ ८ वर्षदेखी निरन्तर रूपमा सञ्चालन हुँदै आएको विद्यालय हो । अर्को कुरा यो विद्यालय बजारको कोलाहलबाट टाढा छ । पर्फेक्ट एकेडेमी विद्यार्थीहरूका लागि एउटा भयमुक्त र शान्त वातावरणमा अध्ययन–अध्यापन गराइने विद्यालय हो ।

२. यस विद्यालयका विशेषता केके छन् ?

पहिलो कुरा त गुणस्तरीय शिक्षाको साथमा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएका छौँ । आधुनिक समयको मागअनुसार पढाइलाई मात्र नभएर विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा हामीले जोड दिएका छौँ ।

विद्यार्थीको रुचिअनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत ब्याडमिन्टन, नृत्य, गायन, हाजिरीजवाफ, वक्तृत्वकला लगायतका विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापहरू नियमित रुपमा गराउनु हाम्रो विशेषता हो ।

३. अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई पर्फेक्ट एकेडेमीमा नै किन लगाउने ?

पहिलो कुरा त गुणस्तरीय शिक्षामा हामी विशेष जोड दिन्छौँ । दोस्रो कुरा भनेको हामी अहिलेको बद्लिदोँ समयअनुसार विद्यार्थीलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्छौँ । किनकि, विद्यार्थीहरूभित्र अन्तरनिहीत क्षमता हुनसक्छन् ।

ती क्षमता प्रष्फुटन गराउन पनि हामीले विशेष जोड दिदैँ आएका छौँ । समयको मागअनुसार र विद्यार्थीको चाहनाअनुसार नै विद्यालय सञ्चालन हुँदै आएको छ ।

सोही कारण पनि अभिभावकहरू सन्तुष्ट हुनुहुन्छ । हामीले पढाईको साथमा विभिन्न अतिरिक्त क्रियाकलापहरूको अवसर प्राप्त गरी हरेक क्षेत्रमा आफ्ना नानीहरूलाई अगाडि बढाउनको लागि अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई पर्फेक्ट एकेडेमीमा अध्ययन गर्नका लागि ढुक्कसाथ भर्ना गरिरहनुभएको छ ।

४. नयाँ शैक्षिक सत्रको तयारी कस्तो छ ?

यस विद्यालयमा नयाँ शैक्षिक सत्र २०८० का लागि प्ले ग्रुपदेखि कक्षा ८ सम्म नयाँ भर्ना खुलेको छ । हामीले धेरै विद्यार्थी भर्ना लिएर भन्दापनि सीमित मात्रामा विद्यार्थीहरूको भर्ना लिन्छौँ ।

किनकि, धेरै विद्यार्थी राखेर अव्यवस्थित बनाउनुभन्दा ठिक्क विद्यार्थी राखेर उचित हेरचाहसहित शिक्षा दिनु हाम्रो उदेश्य हो । अभिभावकहरू बुझ्न आउने क्रम बढ्दो छ । नयाँ शैक्षिक सत्रको कक्षा सन्चालन २०८० बैशाख ४ गतेबाट गर्ने हाम्रो तयारी छ ।

५. अन्त्यमा के भन्नुहुन्छ ?

अन्त्यमा, अभिभावकहरूलाई के भन्न चाहान्छु भने हामीलाई विश्वास गरेर आफ्ना छोराछोरीहरूलाई यस पर्फेक्ट एकेडेमीमा पढाउनु भयो भने हामी गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बाँकी राख्ने छैनौँ ।

र, नयाँ वर्ष पनि नजिकिदैँ गरेको हुनाले आउँदै गरेको नव वर्ष २०८० सालको उपलक्ष्यमा हाम्रा अभिभावकवर्ग, शिक्षक, कर्मचारी, विद्यार्थी, शुभचिन्तक लगायत सम्पूर्ण महानुभावहरूलाई उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।

Tags: अन्तर्वार्तापर्फेक्ट एकेडेमीरामकुमार गिरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
FEATURE BREAKING

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१२ खनारका ५६ वर्षीय जीवन दर्जी रहेका...

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३
मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    510 shares
    Share 204 Tweet 128
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.