इटहरी : प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले सञ्चालन गरेको आन्दोलनमा क्रियाशील इटहरीका दीपराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
आन्दोलनका प्रमुख घटक किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य विक्रम तुम्बाहाङफेका अनुसार राईलाई मंगलबार साँझ ७ बजेतिर घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
राई किरात राई यायोक्खा इटहरी नगर समिति सदस्य हुन् ।
उनी वडा कार्यालय तालाबन्दी अभियानमा इटहरी १, १९ र २० मा क्रियाशील थिए । वडा नं. २० मा तोडफोडमा सक्रिय रहेको भन्दै पक्राउ गरिएको हुनसक्ने बताइएको छ ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post