झापा : झापाको अर्जुनधारा नगरपालिका ३ खुदुनाबारी स्थितबाट नक्कली काजजात (बिलबुक) बनाएर मोटरसाइकल बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हल्दिबारी १ झापाका ४४ वर्षीय जगतबहादुर लिम्बू रहेका छन् ।
नक्कली बिलबुक बनाएर मोटरसाइकल बिक्री गरिररहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई डुक मोटरसाइकल २ थान, पल्सर मोटरसाइकल १ थान, नक्कली बिलबुक ३ थान, न्यू धनुषा ट्रेडसको प्यान बिल, खरिद बिक्री सम्झौता पत्र र छापसहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बूको इलाका प्रहरी कार्यालय अनारमानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post