तरहरा : तरहरा जेसीजले एकैदिन तीनवटा कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको सभाहलमा जेसीजले संसदीय सभा प्रणाली तालिम, प्रथम साधारणसभा र जेसीज अफ द मन्थसहित स्ववियुमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरिएको छ ।
पहिलो चरणमा भएको संसदीय सभा प्रणाली तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा तालिम आयुक्त सुनील तिम्सिनाले सहजीकरण गरे । सभा सञ्चालनको विधि, प्रक्रिया र सदस्यहरूले गर्नुपर्ने कार्यबारे उनले प्रष्ट्याए ।
तरहरा जेसीज वर्ष २०२३ का अध्यक्ष बहादुर तामाङको अध्यक्षता तथा प्रकरण निर्देशक योगेश गिरीको संयोजकत्वमा भएको तालिममा तीन दर्जन बढीको सहभागिता थियो ।
तालिम निर्देशक तथा तरहरा जेसीजका कार्यकारिणी उपाध्यक्ष विवेक विवश रेग्मीका अनुसार यो वर्ष तरहरा शाखाले विभिन्न तालिम गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप शनिबार संसदीय सभा प्रणाली तालिमको आयोजना गरिरएको उनले बताए ।
यस्तै, दोस्रो चरणमा पहिलो साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष बहादुर तामाङले साधारणसभामा उठेका जिज्ञासा र प्रश्नमाथि जवाफ दिएका थिए भने विभिन्न एजेण्डा पारित भएको छ ।
उनका अनुसार यस वर्ष तरहरा जेसीज स्थापना भएको २५ औँ वर्ष रहेकाले वर्षभरी नै रजत जयन्ती वर्ष मनाइनेछ ।
साथै, तेस्रो चरणको कार्यक्रममा भने सम्मान गरिएको छ । जेसीज अफ द मन्थ कार्यक्रम अन्तर्गत फेब्रुअरी महिनामा सोनिया बस्नेत र मार्च महिनामा रोशन भुजेललाई जेसीज अफ द मन्थले सम्मान गरियो ।
यस्तै, गत चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको सभापतिमा निर्वाचित तरहरा जेसीजका सदस्य नवीन श्रेष्ठ, सदस्यमा निर्वाचित प्रभाव कटवाल, इटहरीस्थित जनता बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित सन्तोष पुरीलाई सम्मान समेत गरियो ।
महासचिव चेवन खतिवडाले सञ्चालन गरेको कार्यक्रममा बोर्ड अफ ट्रष्टिजका अध्यक्ष मोहन दाहाल लगायतका पूर्व अध्यक्षहरूको सहभागिता थियो ।















Discussion about this post