Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘बच्चाको संस्कार र सीपयुक्त शिक्षामा हामी विश्वास राख्छौँ’ : अन्तर्वार्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २७, २०७९
in अन्तर्वार्ता, समाचार
0
‘बच्चाको संस्कार र सीपयुक्त शिक्षामा हामी विश्वास राख्छौँ’ : अन्तर्वार्ता
123
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २ मा रहेको पशुपति इङ्लिस बोर्डिङ स्कुल २०५२ सालमा २७ जना विद्यार्थीबाट स्थापना भएको हो ।

प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन हुँदै आएको विद्यालय तत्कालीन समयमा उमा ढकालले नेतृत्व गरेकी थिइन् । थोरै विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल विद्यार्थीको चाप बढ्दो छ ।

यसै सन्दर्भमा विद्यालयका प्रधानाध्यापक सुमित थापासँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :-

१. स्थापनाताका विद्यालयको भौतिक पूर्वाधार कस्तो थियो ?

विद्यालय स्थापना गर्दा थोरै विद्यार्थीबाट सुरु गरिएको हो । त्यसबेला सामान्य अवस्थामा सुरु गरिएको हाम्रो विद्यालयसँग तीव्र प्रतिष्पर्धा हुन्थेन । संघर्ष गरेर यो विद्यालय आजसम्म यतिको स्थानमा आइपुगेको छ ।

खासै हाइफाइ थिएन, अन्य नाम चलेका विद्यालय पनि थिए । तर, हामीले साधारण ढंगबाट समाजमा शिक्षा प्रदान गर्ने उदेश्यले सञ्चालन गरेका थियौँ ।

२. विद्यालयको स्तरोन्नतिका लागि शिक्षक, अभिभावक र समुदायको कस्तो भूमिका छ?

विद्यालय स्थापनामा सम्पूर्ण गतिविधि गर्न शिक्षक, अभिभावक र समाजकै भूमिका महत्वपूर्ण हुन्छ । शिक्षकको मिहिनेत, अभिभावकको विश्वासकै कारण हाल प्लस २ का कक्षा सञ्चालन हुँदै आएको छ । हामीले अहिले कक्षागत सिकाइसँगै समाजमा पनि वातावरणीय हिसाबमा जोडिनुपर्छ भनेर समुदायसँग जोडिएर काम गर्दै आएका छौँ ।

३. अहिले कति विद्यार्थी अध्ययनरत छन्, पाठ्यक्रम बाहेकका सिकाई केके हुन्छन् ?

हाल विद्यालयमा आठ सय विद्यार्थी अध्ययनरत छन् । शिक्षक र कर्मचारी गरेर ४८ जना छौँ । हामीले पाठ्यक्रम बाहेकका सिकाइमै जोड दिदैँ आएका छौँ । खासगरी हामी हाम्रा बच्चालाई संस्कार र सीपयुक्त शिक्षामा विश्वास राखेर अध्यापन गराउँदै आएका छौँ ।

हामीले अन्य विद्यालयभन्दा पृथक ढंगबाट अतिरिक्त क्रियाकलाप गराउँदै आएका छौँ । आठ वर्षअघि भएको विश्वकप फुटबलमै हामीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आँफूलाई मन परेको टिमको जर्सी लगाएर आउने वातावरण बनाएका थियौँ ।

यसले समाजमा सकारात्मक प्रभाव प¥यो । प्रयोगात्मक शिक्षासँगै शैक्षिक भ्रमण, खेलकुद, डान्स, म्यूजिक जस्ता कुरामा अब्बल बनाउन हामी अग्रसर छौँ । ‘बेसिक लेभल’बाटै शिक्षा सिकिसकेपछि भविष्यमा सहज हुन्छ भन्ने हाम्रो उदेश्य छ । सोही अनुरुप शिक्षा प्रदान गर्दै आएका छौँ ।

४. विद्यार्थी आकर्षित गर्न कुन रणनीति अपनाइएको छ?

शैक्षिक गतिविधिको स्तरोन्नति गर्ने हाम्रो पहिलो मन्त्र हो । यससँगै खेलकुद, कला, साहित्य र संगीतलाई पनि प्राथमिकतामा राखेका छौँ । विद्यार्थीहरूले तीन–तीन महिनामा भित्ते पत्रिका लेख्ने र प्रकाशित गर्नेगरी तयारी भइरहेको छ । भित्ते पत्रिकामा विद्यार्थीहरूले आफ्ना सृजनात्मक रचनासँगै विद्यालयभित्र आँफूले गरेका कार्यबारे लेखेको सामाग्री प्रकाशित गर्नेछन् ।

५. विद्यालयको आगामी लक्ष्य केके छन् ?

खासगरी हामीले अबको शिक्षा व्यवहारिक शिक्षा हुनुपर्छ भनेर जोड दिएका छौँ । सीप, प्रविधि र संस्कारयुक्त शिक्षामा जोड दिने हाम्रो लक्ष्य छ ।

६. विद्यार्थीलाई प्रोत्साहित गर्न केके आधार छन् ?

माथि पनि उल्लेख भइसकेको छ । हामीले किताबी ज्ञानबाहेक हरेक तवरबाट विद्यार्थीलाई शिक्षा दिइरहेका छौँ । हरेक विधामा उत्कृष्ट बनाउनका निम्ति हामीले प्रयत्न गरिरहेका छौँ ।

विद्यार्थीभित्र भएको ट्यालेन्ट मार्न नदिन कला, साहित्य र संगीतमा अब्बल बनाउने हाम्रो उदेश्य भएका कारण पनि विद्यार्थीलाई प्रोत्साहन हुन्छ ।

Tags: अन्तर्वार्तापशुपति इङ्लिस बोर्डिङ स्कुलसुमित थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको निधन

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

झापा : झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।...

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो
FEATURE BREAKING

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

नेपालमा बाघको संख्या वृद्धि भएको छ। १ पुस २०८२ देखि गरिएको गणनाको बुधबार (आज) बाघ दिवसको अवसर पारेर सार्वजनिक गरिएको...

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

साउन १३, २०८३
सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

साउन १३, २०८३
आज गुरू पूर्णिमा

श्रद्धा र सम्मानका साथ आज गुरु पूर्णिमा मनाइँदै

साउन १३, २०८३
खोटाङको राजापानीमा बाघ आतङ्क

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

साउन १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको निधन

साउन १३, २०८३
नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

साउन १३, २०८३
सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

साउन १३, २०८३
सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

साउन १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.