इटहरी : इटहरी उपमहानगरपालिका १३ खनारमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका २ का ४० वर्षीय रामचन्द्र राय रहेका छन् ।
खनारस्थित स्वस्तिक मैदामिल बन्दै गरेको फ्याक्ट्रिमा फलामको भर्याग्ङ लगाई कलर लगाउने क्रममा अचानक बिजुलीको तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाइते भएका रायको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post