इटहरी : इटहरीमा रहेको बेदान्त हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार बैशाख ३ गते इटहरीको कचना महादेव ग्रामथान मेला, ५ गते कालिन्द माता मन्दिर सुन्दरहरैँचा ५ मोरङ र सुन्दरदेवी मन्दिर इटहरी २ र ६ गते इटहरीस्थित राजदेवी मन्दिरको प्राङ्गणमा निःशुल्क स्वास्थ शिविर आयोजना गरिएको हो ।
शिविरमा सुगर, प्रेसर जाँच गरेर औषधि वितरण गरिएको श्रेष्ठले बताए ।
बैशाख महिनादेखि गर्मीयाम सुरु भएसँगै मेलामा आएका मानिसहरूको भीडका कारण पनि बिरामी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै मेला लागेकै स्थानमा पुगेर शिविर आयोजना गरेको उनले बताए ।
शिविरमा प्रेसर, सुगर, हाडजोर्नीको दुखाइ, पेट समस्या, गर्मीकारण रिगङ्टा लाग्ने वाकवाकी हुने, टाउको दुख्ने खाना नरुच्ने, शरीरमा गाँठागुठी, हर्निया, महिलाहरूको समस्या भएका बिरामीहरू शिविरमा आएको संयोजक मन्नु राजवंशीले जानकारी दिए ।
तीन वटै शिविरमा ३ सय ८५ जना बिरामीहरू लाभान्वित भएका छन् ।
हस्पिटलमा दैनिक रूपमा सिआरएम प्रविधिमार्फत भाँचिएको हड्डीहरुमा स्टिल वा के वार राखेर अप्रेसन गरिदैँ आएको बताइएको छ ।
साथै हात, खुट्टा भाँचिएको, हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाएको, नङ गाडिएको जस्ता समस्याको उपचार हुँदै आएको हस्पिटलले जनाएको छ ।














Discussion about this post