Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘कोसी प्रदेशमा आलोपालोको सरकार बन्छ, केन्द्रको निर्णय पर्खिरहेका छौँ’ : अन्तर्वार्ता

कोसी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पार्टी सभापति उद्वव थापा :–

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८०
in अन्तर्वार्ता, समाचार
0
‘कोसी प्रदेशमा आलोपालोको सरकार बन्छ, केन्द्रको निर्णय पर्खिरहेका छौँ’ : अन्तर्वार्ता
121
SHARES
Share on FacebookShare on Twitter

केन्द्रमा र अन्य विभिन्न प्रदेशमा सत्ता समीकरण फेरिएसँगै कोसी प्रदेशमा पनि सत्ता समीकरण फेरिने चर्चा हुँदैछ ।

एमाले नेतृत्वको प्रदेशसभामा हाल नेकपा माओबादी केन्द्र, राप्रपा, जसपा लगायतका दल सरकारमा सहभागी छन् । तर, केन्द्रको सत्ता समीकरण फेरिएसँगै यो प्रदेशमा पनि सत्ता समीकरण फेरिने चर्चा छ ।

यही चर्चाबीच कोसी प्रदेशमा अबको सत्ता समीकरण, कसको नेतृत्व र कस्तो मोडलको सरकार बन्छ भन्ने सन्दर्भमा केन्द्रित रहेर नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्वव थापासँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :–

१. कोसी प्रदेशको सत्ता समीकरण फेरिने सम्भावना कति छ ?

सम्भावना छ । चाँडै नै सरकार परिवर्तन हुनसक्छ । हामीले आन्तरिक रूपमा गृहकार्य गरिरहेका छौँ । अब १० गतेको उपनिर्वाचनपछि केन्द्रिय नेताहरूसँग छलफल हुन्छ । १० गते पछाडि केन्द्रिय सरकारले पनि पूर्णता पाउँछ र प्रदेशको सत्ता फेरिने विषयमा पनि छलफल हुन्छ ।

२. अब सत्ता फेरिए मुख्यमन्त्री को ?

मुख्यमन्त्री को बन्छ भन्ने कुरा भन्दापनि आलोपालोको सरकार बन्छ । गठबन्धनको सरकार रहन्छ । केन्द्रिय तहमा आलोपालो बनाएअनुसार नै प्रदेशमा पनि आलोपालोको सरकार बन्छ । अबको मुख्यमन्त्री को भन्ने कुरा चैँ शीर्ष नेताको हातमा छ । सबै दलले आफ्नै दलको नेतृत्व हुनुपर्छ भनिरहेका छन् । माओबादी, समाजवादी जस्ता दलले मुख्यमन्त्री मागिरहेका छन् ।

  • यहाँ साथीहरूले कसलाई मान्ने, नमान्ने भन्दापनि केन्द्रिय नेतृत्वको निर्णय मान्ने हो । केन्द्रिय नेतृत्वले संसदीय दलको नेताबाहेक अरुलाई मुख्यमन्त्री दिने भन्ने नै हुँदैन ।

हामीले बसेर प्रदेशको निर्णय गर्न सक्दैनौँ । गरेपनि कार्यान्वयन हुन सक्दैन । त्यसैले हामीले यहाँ कसलाई समर्थन गर्ने, नगर्ने भन्दा पनि केन्द्रबाट सबै टुंगिन्छ । केन्द्रिय नेताहरू बसेर टुंग्याउनुहुन्छ ।

३. कतिपयपले त मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट संसदीय दलको नेता हो भन्ने मान्य नहुने भन्ने चर्चा पनि छ नि ?

ठिक प्रश्न उठाउनुभयो । संसदीय दलको नेतालाई मुख्यमन्त्री नमान्ने भन्ने कुरा हुनु अस्वभाविक हो । खासगरी राप्रपा र कांग्रेसभित्रकै केही साथीहरूले यस विषयमा कुरा गरेको मैले पनि यदाकदा सुनेको छु ।

यहाँ साथीहरूले कसलाई मान्ने, नमान्ने भन्दापनि केन्द्रिय नेतृत्वको निर्णय मान्ने हो । केन्द्रिय नेतृत्वले संसदीय दलको नेताबाहेक अरुलाई मुख्यमन्त्री दिने भन्ने नै हुँदैन ।

४. कांग्रेसभित्रकै कुरा पनि उठाउनुभयो । कांग्रेसबाट तपाईँबाहेक अरुलाई मुख्यमन्त्रीमा अगाडि सार्ने हो ?

दुईवटा कुरा छ । पहिला त माननीय भइसकेर जिम्मेवार पदमा रहेका साथीहरूले दलको विधान हेर्नुपर्छ । कांग्रेसको विधानले दलको नेताबाहेक अरुलाई नेतृत्वमा पठाउन मिल्दैन । सल्लाह र सहमतिबाट विधान परिवर्तन पनि हुँदैन ।

  • कांग्रेसबाट म बाहेक अरु मुख्यमन्त्री बन्ने कुरा दिवासप्ना मात्रै हुन्छ । म दलको नेता हुँदाहुँदै अरु मुख्यमन्त्री बन्ने कुरा हुनै सक्दैन ।

जो मुख्यमन्त्री बन्न चाहनुभएको छ, वहाँहरूले संसदीय दलको नेता नबाहिरिकन मुख्यमन्त्री बन्न सक्दैन । कांग्रेसमा संसदीय दलको नेताबाहेक अरु नै मुख्यमन्त्री बन्ने कुरा बाहिर चर्चामा छ । कतिपय साथीहरूले तपाईँ दलको नेता हुँदा हुँदै अरुलाई मुख्यमन्त्री बनाउने भनेर प्रश्न पनि गरिरहनुभएको छ ।

कांग्रेसबाट म बाहेक अरु मुख्यमन्त्री बन्ने कुरा दिवासप्ना मात्रै हुन्छ । म दलको नेता हुँदाहुँदै अरु मुख्यमन्त्री बन्ने कुरा हुनै सक्दैन । अर्को कुरा पनि छ । कतिपय प्रदेशमा दलको नेता मन्त्री बनेका कुरा पनि छन् ।

कोसी प्रदेशमा म यदि मुख्यमन्त्री नभएको अवस्थामा मन्त्री बन्दिन । साथीहरूलाई मन्त्री बनाएर पठाउँछु । पालो आउँदा मुख्यमन्त्री नै बन्छु ।

५. कांग्रेसभित्रैबाट तपाईँलाई असहयोग भएको अवस्थामा अरु दललाई नै मुख्यमन्त्री दिने हो ?

मैले अघि पनि भनिसकेँ । हामीले भन्दा पनि हामी केन्द्रिय नेतृत्वको निर्णयको पर्खाइमा छौँ । माथिका नेतालाई तलको कुराले प्रभाव पार्दैन । अब शीर्ष नेतृत्वको बैठकले को मुख्यमन्त्री बन्ने भन्ने विषयमा टुंगो लगाउँछ ।

Tags: अन्तर्वार्ताउद्वव थापाकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण
समाचार

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित जनता आवासका लागि निर्माण गरिएको घरबाट आठ सय चार केजी गाँजासहित दुई जना पक्राउ...

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप
समाचार

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू रहेको निषेधाज्ञा आइतबार बिहान ९ बजेसम्मका लागि थप गरेको...

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

साउन १६, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

साउन १६, २०८३
झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.