Friday, June 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङ : विद्यालय गएका छोरा आइसियुमा भेटिएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८०
in समाचार
0
मोरङ : विद्यालय गएका छोरा आइसियुमा भेटिएपछि…
314
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको बूढीगंगास्थित नरग्राम माविमा कक्षा ११ मा अध्ययन गर्दै आएका एञ्जल सुवेदी स्कूल प्राङ्गणभित्रै रहेको अमलाको रुखबाट लडेर घाइते भए ।

१८ वर्षीय सुवेदी रुखबाट लडेपछि सिकिस्त घाइते भए । उनको अहिले विराट टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । अस्पताल पुर्याएपछि परिवारलाई खबर भयो । खबर पाएपछि परिवार भने विक्षिप्त बने ।

उनको घाँटी, हात, खुट्टा, करङ भाँचिएपछि अहिले आइसियुमा राखेर उपचार भइरहेको छ ।

‘विद्यालय गएको भाइ अचानक अस्पतालमा पुर्याएपछि खबर आउँदा निःशब्द भयौँ,’ बिरामीकी दिदी एल्जिना सुवेदीले भनिन्, ‘सबै उपचार गर्नका लागि १० लाखभन्दा बढी रकम लाग्नेरहेछ, अहिले औषधि किन्ने पैसा पनि सकिएको छ ।’

उनले उपचारका लागि खर्च निकै लाग्ने भएपनि आफूहरूसँग भएको सबै पैसा सकिएको बताइन् ।

‘घाँटीको अप्रेसन गरिएको छ, एक लाख ६० हजार लाग्यो, विद्यालयले ५० हजार रुपैयाँ दियो,’ उनले भनिन्, ‘हात, खुट्टाको उपचार गर्न बाँकी नै छ ।’ आफू सहकारीमा काम गरेर मासिक सात हजार कमाउने गरेको र परिवारको अरु आयस्रोत समेत नहुँदा समस्या भएको उनी बताउँछिन् ।

बिरामीकी आमा जानुका सुवेदीले आफू अहिले ज्यालादारीमा काम गर्दै आएको र उपचारका लागि निकै समस्या भएको बताइन् ।

‘छरछिमेक र गाउँघरबाट अलिअलि उठाएर तिर्यौ, अहिले दैनिक रूपमा उपचार गर्नका लागि पैसा चाहिएको छ,’ उनले भनिन्, ‘अप्रेसन गर्न नै तीन लाखभन्दा बढी लाग्छ रे, औषधिकै एक लाखभन्दा बढी उधारो भइसक्यो ।’

आफ्ना श्रीमान लकडाउनदेखि काठमाडौं बसेको र सम्पर्कमै नआएको उनको भनाइ छ । ‘श्रीमान् पनि नहुँदा आफूले ज्यालादारीमा काम गरेर छाक जुटाउँदै आएकी थिएँ’ उनले भनिन्, ‘क्याम्पस गएको छोरा सिकिस्त घाइते भएर हल न चल भएको छ, बिजोग भयो ।’

प्रिमियर वायरमा काम गर्दै आएकी उनले छोराको उपचारका लागि सहयोगको याचना गरिन् ।

ज्यालादारीका काम गर्ने भएकाले काम गर्न गएमात्र पैसा आउने उनले बताइन् । ‘ज्यालादारी भएका कारण काम गर्न गएको दिनमात्रै पैसा आउँछ,’ उनले भनिन्, ‘अहिले हस्पिटलमै बस्नुपरेकाले काम गर्न जान पाइएको छैन, घरखर्च टार्न समेत धौधौ छ ।’

उदयपुरको बेलका नगरपालिका ५ घर भएका उनीहरू आठ वर्षयता मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित गैरीटोलमा कोठाभाडामा बस्दै आएका छन् ।

छोराछोरीलाई पढाउनकै लागि यहाँ आएको भएपनि अहिले पढाइकै क्रममा रुखबाट लडेर अवस्था गम्भीर भएपछि उनी अताल्लिएकी छन् ।

विराट टिचिङ हस्पिटलमा अहिले डा। सतिस दासले उनको उपचार गरिरहेका छन् । यसअघि सामाजिक सञ्जाल फेसबुकमा सहयोगको याचना गरेकाले केही पैसा उठेपनि अझै अपुग रहेको पीडित परिवारको गुनासो छ ।

यता, नरग्राम माविका प्रधनाध्यापक नरेन्द्र राईले आफूहरूले शिक्षकबाटै उठाएर केही रकम सहयोग गरेको बताए ।

‘बिहानको समयमा कक्षा थियो, त्यसैबेला अमलाको रुखबाट लडेर घाइते भएछन्’ राईले भने, ‘हामीले हस्पिटलसम्म पुर्यायौँ, पहिलो दिनको औषधि खर्च पनि तिरेका थियौँ, स्कूलबाट सहयोग गर्ने कुनै स्रोत नहुँदा पनि समस्या भएको छ ।’

उनका अनुसार मेहनती विद्यार्थीको रूपमा चिनिएका सुवेदी विद्यालयमा राम्रो अंक ल्याएर उत्तीर्ण हुँदै आएका थिए । उपचारका लागि हस्पिटलले पनि केही रकम छुट गरिदिए राहत हुने उनले बताए ।

सहयोगको याचना

आर्थिक अवस्था कमजोर रहेको पीडित परिवारले सहयोगको याचना गरेको छ । अहिले कतिपय सहयोगीहरूले उपचारका लागि भनेर रकम पनि सहयोग गर्दै आएका छन् ।

एनएमबी बैँकमा एल्जना सुवेदीको नाममा रहेको २१०१९६०२७०००१७ नम्बरको खातामा सहयोग गर्न सकिने छ । यस्तै, पीडित परिवारले ९०७७५६५७३ नम्बरमा फोन सम्पर्क गरेर समेत सहयोग गर्न सकिने बताएका छन् ।

Tags: #मोरङएञ्जल सुवेदीसहयोग याचना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा २०.१७ ग्राम...

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य
समाचार

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

धनकुटा : भारतीय नम्बरको कारमा नेपाली नम्बर प्लेट जडान गरी सञ्चालन गरिएको सवारी धनकुटाको भेडेटारमा प्रहरीले फेला पारेपछि जाली नम्बर...

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

असार ४, २०८३
विराटनगर आगलागीका पीडित परिवारलाई महानगरले राहत उपलब्ध गराउने

विराटनगरमा घर निर्माणमा कडाइ, नाला जाम र सडक क्षति रोक्न सात बुँदे मापदण्ड अनिवार्य

असार ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

असार ४, २०८३
नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

असार ४, २०८३

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1506 shares
    Share 602 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    393 shares
    Share 157 Tweet 98
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.