झापा : इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली लालपूर्जा वितरण गरी रकम असुली गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर निवासी ज्ञानबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेका गिरीले लालपूर्जा दिलाइदिने भन्दै काँकडभिट्टास्थित मेची डाँडाका सर्वसाधारणसंग रकम असुल गरेको आरोप छ ।
प्रहरीको नियन्त्रणमा रहेका गिरीले न्यूनतम १५ हजारदेखि ७५ हजार रुपैयाँसम्म रकम असुल गरेको पीडितहरूले बताएका छन् ।















Discussion about this post