इटहरी : यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी पूर्वको महानगर उन्मुख सहर हो ।
तर, जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा अस्पतालमा उपचार गर्न आएका विरामीहरु उपचार हैन रेफर लिएर फर्कनुपर्ने बाध्यता थियो । अब भने इटहरीमा २४ सै घण्टा उपचार हुने भएको छ ।
शुक्रबारदेखि इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो । यसको औपचारिक उद्घाटन मेयर हेमकर्ण पौडेलले गरेका छन् ।
‘चुनाबताका प्रतिबद्दता गरेका वाचा पुरा गर्ने क्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आकस्मिक सेवासँगै ल्याब र फार्मेसी सेवाको सुरुवात गरिएको हो,’ मेयर पौडेलले भने । उनका अनुसार अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ ।
अस्पतालको थप भवन निर्माणधीन अवस्थामा रहेकाले गर्दा त्यो पूरा भएपछि अरु सै¥या थप गरिनेछ ।
अहिले फार्मेसीमा सीमित औषधी भएपनि एक महिनाभित्रमा पर्याप्त औषधीको व्यवस्था गरिने पनि जानकारी दिइयो । अब एक वर्षभित्रमा आइसियू, एनआइसियू र भेल्टिलेटरको समेत व्यवस्था गरिने मेयर पौडेलले बताए ।
यहाँका बासीन्दाले विशेष उपचारका लागि धरान, विराटनगर वा सिलिगुडीका अस्पताल धाउनुपर्ने बाध्यता रहेको अब कमी आउने निश्चित छ । अहिले इटहरी अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक हाडर्जोनी, स्त्री रोग, बालरोग र फिजिसियन थप गरेर सेवा दिन थालिएको छ ।
साथै, छ जना मेडिकल अधिकृत रहेको अस्पताल प्रशासनले जनाएको छ। आवश्यकता अनुसार अरु चिकित्सक र मेडिकल अधिकृत थप गरिने योजना रहेको अस्पताल प्रमुख दामोदार गौतमले बताए ।
सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिदिनै बढ्दै छ ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ ।
इटहरीमा ठूला लगानीमा केही स्वास्थ्य–संस्था स्थापना नभएका भने होइनन् । केही वर्षअघि ठूलो लगानीमा खुलेका टिआर हस्पिटल, सिटी हस्पिटल, मेडिस्कट हस्पिटल र पूर्वाञ्चल हस्पिटललगायत स्वास्थ्य–संस्थाहरू बन्द भए ।
ती संस्थाहरू स्थायी विशेषज्ञ चिकित्सक, विशेष उपकरणको अभाव तथा सेवाग्राहीमा विश्वासको भावना जगाउन नसेकाले बन्द भएको पाइन्छ ।
हाल सञ्चालनमा रहेका सामुदायिक अस्पताल, एपेक्स हस्पिटल, पञ्चकोसी पोलिक्लिनिकलगायत स्वास्थ्य–संस्थामा दक्ष जनशक्ति, विशेष प्रकारका उपकरण, भौतिक पूर्वाधार तथा स्थानको अभाव रहेको देखिन्छ ।
यस अवस्थामा इटहरी अस्पताललाई व्यवस्थित गरि सेवा थप गरिरहँदा इटहरीसहित आसपासका बासिन्दाले लाभ लाभ प्राप्त गरि रहेका छन् ।














Discussion about this post