विराटनगर : विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
बिहीबार ग्यालेनमा पेट्रोल ल्याएर आफ्नै शरीरमा खन्याएर घाइते भएका उनको शुक्रबार मृत्यु भएको हो ।
आगो लगाएर घाइते भएका लेटाङ ७ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालको उपचारका क्रममा विराटनगरको रेड प्लेस अस्पताल एन्ड ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनले विराटनगर महानगरपालिका ४ तित्रिगाछीमा पेट्रोल खन्याएर शरीरमा आगो लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो लागेर नेपालको शरीरका अधिकांश भाग जलेको थियोे । आफ्नै शरीरमा आगो लगाएपछि स्थानीयले उनलाई उद्धार गरि अस्पताल पुर्याएका थिए ।
लेनदेन विवादका कारण आफ्नै शरीरमा आगो लगाएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए । वृद्धले चिनजानका मान्छेलाई पैसा सापटी दिएको र फिर्ता नपाएपछि आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।














Discussion about this post