झापा : झापामा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिका ९ बाईस बिगे बस्ने ६४ वर्षीय शेरबहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नाल्बोले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post