इटहरी : इटहरीको ट्याङ्रगा खोलामा अल्टिट्युड क्लबले सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ट्याङ्रगा खोलामा सरसफाई गर्दै श्रमदान गरेको हो ।
क्लबमा आवद्ध युवाहरूले मानव जीवनमा वातावरण सफा राख्नुपर्छ भन्ने उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष पीताम्बर तिम्सिनाले बताए ।
उनका अनुसार खोला, नाला मात्रै नभई सहर सफा राख्न युवाहरूलाई प्रेरित गर्ने क्लबको उदेश्य रहेको छ ।
इटहरीको बजार क्षेत्रबाट ट्याङ्रगा खोलाको दुवैतर्फ सरसफाई गरिएको क्लबका सचिव रोशन भुजेलले जानकारी दिए । क्लबले सरसफाईसँगै सामाजिक काम गर्ने उनले बताए ।














Discussion about this post