इटहरी : इटहरीमा सार्वजनिक शौचालय बनेको छ ।
शौचालयको बुधबार मेयर इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गरेका छन् । उनले रिबन काटेर शौचालयको उद्घाटन गरेका हुन् ।
इटहरीको पूर्व लाइनस्थित जुटविकास चौकमा बनेको शौचालयको उद्घाटन गरिएको हो । बुधवार उद्घाटन भएकोसहित इटहरीमा ४ वटा सार्वजनिक शौचालय भएका छन् ।
मेयर पौडेलका अनुसार मुख्य चौक र उपमहानगरपालिकाको गेट नजिकै नयाँ शौचालय निर्माणाधीन अवस्थामा छ ।
यसअघि पाँच वर्षसम्म सार्वजनिक शौचालय नहुँदा आलोचना व्यहोर्दै आएको इटहरी उपमहानगरले भने पछिल्लो समयमा ठाउँठाउँमा शौचालय निर्माण भइरहेको जनाएको छ ।
शौचालय अभाव हुँदा यसअघि उद्योग वाणिज्य संघ इटहरीले पनि उपमहानगरलाई पोटेर्बल शौचालय हस्तान्तरण गरेको थियो ।






![हामी नवौँ वर्षमा [प्रकाशकीय]](http://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)








Discussion about this post