इटहरी : सुनसरीमा अवैध चाँदीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका ९ घर भएका ३९ वर्षीय भेषबहादुर बिक र मोरङको कटहरी गाउँपालिका २ बस्ने ४० वर्षीय सञ्जयकुमार स्वर्णकार रहेका छन् ।
बैशाख २२ गते सुनसरीको हरिनगर २ भुटाहास्थित हरिनगरबाट भुटाहातर्फ आउँदै गरेको अवस्थामा बिकलाई १ किलो ६७० ग्राम चाँदीसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको चाँदीको मूल्य अन्दाजी दुई लाख रुपैयाँ रहेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
यस्तै, बैशाख १५ गते सुनसरीको इनरुवा ५ बलाह स्थितबाट स्वर्णकारलाई पक्राउ गरेको हो ।
उनको साथबाट ३ किलो १९२ ग्राम चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको चाँदीको अन्दाजी मूल्य ३ लाख २५ हजार रुपैयाँ रहेको छ ।
उनलाई पनि आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई सुनसरी प्रहरीले आइतबार (आज) मात्रै सार्वजनिक गरेको हो ।














Discussion about this post