इटहरी : इटहरीका एक व्यापारी बेपत्ता भएका छन् ।
इटहरी ५ घर भइ वडा नं. ६ मा व्यापार गर्दै आएका ४९ वर्षीय श्याम भन्ने जगतबहादुर बुढाथोकी बेपत्ता भएका हुन् ।
उनी बैशाख २३ गते शनिबारदेखि पसलबाट कोही कसैलाई नभनीकन बेपत्ता भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमार्फत उनको तस्वीर राख्दै खोजी गर्न अपिल गरेको छ ।
बुढाथोकी कहीँ कतै फेला परेमा नजिकको प्रहरी कार्यालय तथा इटहरी प्रहरीको सम्पर्क नं. ०२५५८२१०० वा ९८५२०९०१२२ मा जानकारी गराउन अपिल गरिएको छ ।














Discussion about this post