उदयपुर : उदयपुरमा १६ र १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका १० घर भइ उदयपुर चौदण्डीगडी नगरपालिका ४ बर्खेडाँडामा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका ३ बसाह बस्ने अर्का १८ वर्षीय किशोर रहेका छन्।
उनीहरूको नाम, थर, वतन गोप्य राखिएको प्रहरीले जनाएको छ ।
उनीहरूले ती बालिकाहरूलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post