झापा : झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको एक होटलको कोठामा एक २४ वर्षीया युवती झुण्डिएर मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीय २४ वर्षीया युवती सीता बुढाथोकी चौधरी होटल पाथीभराको कोठामा मंगलबार (आज) बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
मृतकको शव झ्यालमा पासो लगाएर मृत्यु भएको अवस्थामा फेला परेको हो ।
लज समेत रहेको उक्त होटलमा उनका श्रीमान् रमेश चौधरीसमेत काम गर्ने गरेको प्रहरीले जनाएको छ ।
श्रीमान सुतेको कोठा बाहेक अर्को कोठामा मृत अवस्थामा भेटिएपछि प्रहरीले श्रीमानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post