खोटाङ : उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेल सडक अन्तरगत पर्ने फोक्सिङटार सिमपानी सडक खण्ड पटकपटक म्यद थपगर्दा पनि निर्माण कार्य सम्पन्न नभएको प्रति नेपाली कांग्रेस कोसी प्रदेश महामन्त्री एवं कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले चासो व्यक्त गरेका छन ।
उक्त सडक देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभी निर्माण व्यवसायीले २०७३ श्रावण ११ गते ठेक्का सम्झौता भइ २०७७ श्रावण १० गते निर्माण कार्य सक्ने गरी सुरु गरेको थियो ।
सम्झौताअनुसार निर्माण कार्यको समय सकिएको तीनवर्ष भइसकेपनि निर्माण उस्तै रहेका कारण उक्त बाटोमा यात्रा गर्ने दर्जनौँले सास्ती बेहोर्दै आएका छन् ।
यो बीचमा पटकपटक सम्झौताको समय थप गरिएपनि बाटो निर्माण भने भएको छैन ।
पटकपटक म्याद थप्दा पनि सडक निर्माण कार्यमा निर्माण व्यवसायीको चासो नदेखिएपछि ठेक्का सम्झौता गराउने कार्यालयले २०७९ पौष ८ गते कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्व निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्वा दर्ता गरे र उच्च अदालत पाटनले निर्माण व्यवसायीलाई काम गर्न दिनु र अनुगमन गर्नु भन्ने अन्तरिम आदेश २०७९ माघ ४ गते जारी गर्यो ।
प्रमुख सचेतक राईले भने अदालतको आदेश भएको पनि ३ महिना २१ दिन भइसकेपनि योजनाको फौसला गर्ने उच्चअदालतको ढोका ढकढकाउन पुगेका छन् ।
राईले धाप्लाङघाटको पक्कीपुलको निर्माण कार्यलाई पनि निरन्तर ताकेता गरिरहेका छन् । धाप्लाङघाटको पक्की पुल निर्माण व्यवसायी मोहन आचार्य र जयराम लामिछानेलाई भेटेर निर्माण कार्य चाँडो गर्न आग्रह गरेका छन् ।



















Discussion about this post