उदयपुर : उदयपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
जबरजस्ती करणी गरेको आरोपमा बेलका नगरपालिका १ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
बिकले ती बालिकालाई धाकधम्की देखाई बैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post