मोरङ : मोरङको बेलबारीस्थित बोल्न नसक्ने (सुस्त मनस्थिति) की एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर ८ का २४ वर्षीय प्रवेश बस्नेतलाई पक्राउ गरेको छ ।
उनीमाथि बेलबारीकी १७ वर्षीया बलात्कारको आरोप लागेको हो ।
विराटनगर–बाहुनी चल्ने यात्रुबाहक बसका सहचालक बस्नेतले गत आइतबार राति ती किशोरीलाई पैसाको प्रलोभन दिएर बलात्कार गरेको बताइएको छ ।
गाडी रोकेर चालक खाना खान गएको समयमा किशोरीलाई मकैबारीमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
पीडितका बुबाले सोमबार किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि जबरजस्ती करणी शीर्षकमा मुद्दा चलाएर घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।












Discussion about this post