इटहरी : इटहरीकी एक किशोरी बेपत्ता भएकी छन् । इटहरी ५ बस्ने १७ वर्षीया अनुषा दुलाल बेपत्ता भएकी हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बैशाख २३ गते साँझ करिब साढे ६ बजेतिर घरमा कसैलाई जानकारी नगराई उनी बेपत्ता भएकी हुन् ।
बेपत्ता भएपछि प्रहरीमा सम्पर्क गरेका परिवारजनले खोजी गर्नका लागि निवेदन दिएका थिए । यससँगै प्रहरीले खोजी गर्न अपिल गरेको हो ।
कसैले कतै फेला पारेको अवस्थामा इटहरी प्रहरीको फोन नम्बर ०२५५८२१०० वा ९८५२०९०१२२ मा जानकारी गराउन प्रहरीको अपिल छ ।














Discussion about this post