इटहरी : इटहरी उपमहानगरपालिकाका पाँचवटा टिपर वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
खोलाबाट ढुङ्गा गिटी उत्खनन गर्न नरोकेपछि डिभिजन वन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको ५ वटा टिपर नियन्त्रणमा लिएको हो ।
खोला ठेक्का नलगाई नगरप्रमुख हेमकर्ण पौडेल, वडाध्यक्ष र स्थानीयबासीले खोला किनारमै बसेर दुई सातायता इटहरी ३ खोर्साने खापस्थित बूढी खोलाबाट ढुङ्गा, गिटी उत्खनन गर्न थालेपछि कोसी प्रदेश सरकारले डिभिजन वन कार्यालय सुनसरीमार्फत रोक्न खोजेको थियो ।
डिभिजन वन कार्यालयले खोलाबाट आफूखुसी ढुङ्गा गिटी उत्खनन कार्य तत्काल रोक्न आग्रह गरेपनि . उपमहानगरले उत्खननको काम नरोकेपछि टिपर नियन्त्रणमा लिएको जनाएको छ ।
शुक्रबार सुनसरी प्रहरीको सहयोगमा वन कार्यलयले ५ वटा टिपर खोला छेउबाट नियन्त्रणमा लिएको हो । वन कार्यालयले को १ ख ६३७९, ६३३५, ७१३०, ६५९९ र प्र–१–०२–००१ क ४०१३ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।
खोला उत्खनन कार्य तत्काल रोक्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर शुक्रबार टिपर नियन्त्रणमा लिनुपरेको डिभिजन वन कार्यलय सुनसरीका डिभिजन वन अधिकृत धर्मनाथ शाहले जानकारी दिए ।
यता, इटहरी उपमहानगरपालिकाकाले भने २० वटै वडामा बाटो, कल्भर्ट बनाउन आवश्यक पर्ने मिक्स गिटी मापदण्डअनुसार निकालेको जनाएको छ ।












Discussion about this post